बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भित्रि वस्त्रमा लुकाएर ल्याएको १ किलो ९५० ग्राम कोकिन तस्करि,२१ वर्षकी किशोरी पक्राउ

भित्रि वस्त्रमा लुकाएर ल्याएको १ किलो ९५० ग्राम कोकिन तस्करि,२१ वर्षकी किशोरी पक्राउ

मेगा खबर संवाददाता

२४, श्रावण २०८२
  • 904
    SHARES

  • भित्रि वस्त्रमा लुकाएर ल्याएको १ किलो ९५० ग्राम कोकिन तस्करि,२१ वर्षकी किशोरी पक्राउ

    काठमाडौं, ब्राभित्र लुकाएर कोकिन लिएर आएकी एक महिला विमानस्थलबाट पक्राउ परेकी छन् ।

    कन्डममा प्याक गरेर उनले आफूले लगाएको ब्रामा लुकाएर कोकिन १ किलो ९५० ग्रामसहित पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले बताए । ब्राजिलियन महिला २१ वर्षकी इमिलि मिकेल सान्तोश फेरिरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडिबाट पक्राउ गरेको डीएसपी निरौलाको भनाइ छ ।

    उनले लगाएको कालो ब्राभित्र कन्डममा प्याक गरेको अवस्थामा कोकिन फेला परेको थियो ।  ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनी यहाँबाट भुटान जाने तयारीमा थिइन् । उनलाई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

    शुक्रवार, श्रावण २४ २०८२०३:३४:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार