काठमाडाै, भारतको उत्तराखण्डमा गत मंगलबार भीषण बाढीपछि सम्पर्कबिहीन भएका धादिङका चार जना परिवारको सम्पर्कमा आएका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिक-२ काफलपानीका ५३ वर्षीय लालबहादुर तामाङ,६५ वर्षीय छोलामा तामाङ,५५ वर्षीय फेलामा तामाङ र ४८ वर्षीय सिंहबहादुर तामाङ परिवारको सम्पर्कमा आएको वडा सदस्य धनबहादुर तामाङले बताए ।
सोही वडामा रहेको प्रहरी चौकी मैदीले पनि सम्पर्कविहीन भएकाहरू परिवारको सम्पर्कमा आएको पुष्टी गरेको छ । आजै सम्पर्कमा आएको हुन् । सम्पर्कविहीन भएकाहरूको परिवारका सदस्यले पनि पुष्टि गरे,प्रहरी चौकीका इन्चार्ज सई उपेन्द्र यादवले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।