बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४० जना महिलाहरूको उद्धार

दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४० जना महिलाहरूको उद्धार

मेगा खबर संवाददाता

२४, श्रावण २०८२
  • 937
    SHARES

  • दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४० जना महिलाहरूको उद्धार

    काठमाडौं, दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४० जना महिलाहरूको उद्धार गरिएको छ ।

    उनीहरू सबैलाई घरेलु कामदारका रूपमा खाडीका विभिन्न देश पठाउने तयारी थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरीको सहयोग लिएर महिपालपुरको विभिन्न होटलबाट उनीहरूको उद्धार गरेको छ । खाडीका देशहरूमा घरेलु कामदार भएर जान नेपाल सरकारले महिलालाई रोक लगाएको छ । खाडी पठाउन लागिएको सूचना पाएर नेपाली महिलाहरूको उद्धार गरिएको दूतावासका कन्सुलर प्रहरीका एसएसपी प्रकाश मल्लले बताए । दिल्ली प्रहरी र सामाजिक संस्था किन इन्डियाको सहयोग लिएर उनीहरूलाई उद्धार गरेर दूतावासले बिहीबार स्थलमार्ग हुँदै नेपाल पठाइसकेको छ । 

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जानलाई समस्या हुने भएपछि दलालहरूले भारतका विभिन्न विमानस्थलबाट नेपाली महिलाहरूलाई खाडीका देशहरू पठाउँछन् । खाडीमा कामदारको माग र नेपालमा रोजगारीको अभावका बीच दलालहरूले त्यसरी महिलाहरूलाई पठाउँदै आएका छन् ।

    किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार उद्धार गरिएका ४० जनालाई कुबेत,ओमन,दुबई र साउदी अरेबिया पठाउन लागिएको थियो । पठाउने तयारीमा रहेका बेला उद्धार गरिएको उनले बताए । उद्धार गरिएका सबैलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याउन लागिएको उनले जानकारी दिएका छन् ।

     

    शुक्रवार, श्रावण २४ २०८२१२:२२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार