बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ

गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ

मेगा खबर संवाददाता

१७, श्रावण २०८२
  • 1.3K
    SHARES

  • गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ

    काठमाडौँ, ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका छन् । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए । महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले जानकारि दिए ।

    साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट प्रहरीले गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो ।

    शुक्रवार, श्रावण १७ २०८२०६:५९:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार