काठमाडौँ, गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेको छ ।
गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूलाई मन्त्रालयमा तानिएको हो । रुपन्देहीमा डा.टोकराज पाण्डे र सिन्धुपाल्चोक बन्धुप्रसाद बास्तोलालाई पठाउने निर्णय पनि मन्त्री लेखकले गरेका मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले बताए ।
गत असार ३१ गते मन्त्रालयको प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो । उनी आइतबार मन्त्रालयबाट बिदा भई विभागमा हाजिर भएपछि प्रवक्ता रिक्त भएको हो । मन्त्रालयको प्रवक्तामा अध्यागमन विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएका सहसचिव गोविन्द रिजाल र मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव जयनारायण आचार्यको सम्भावना छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।