बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रसुवाको भोटेकोशी नदीमा फेरि आयो भेलबाढी

रसुवाको भोटेकोशी नदीमा फेरि आयो भेलबाढी

मेगा खबर संवाददाता

१५, श्रावण २०८२
  • 931
    SHARES

  • रसुवाको भोटेकोशी नदीमा फेरि आयो भेलबाढी

    काठमाडाै, रसुवाको भोटेकोशी नदीमा भीषण भेलबाढी आएको छ ।

    बुधबार बिहान २ः१४ बजे भोटेकोशीको सतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । उनका अनुसार केरूङ खोलामा भेलबाढी आएको हो कि,दायाँतर्फको ल्हेन्दे खोलामा भेलबाढी आएको हो भन्ने यकिन भएको छैन । उक्त भेलबाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो विच्छेदित तुल्याएको छ । त्यहाँको बाटो कटान नै गरेको उनले बताए । भेलबाढीले मानवीय क्षति भने भएको छैन । बाढी आउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर स्थानीयलाई सुरक्षित स्थानमा राख्यौं । अहिले पनि नदीको सतह घटेको छैन ।

    बाढीले त्रिशूली जलविद्युत आयोजनामा पनि व्यापक क्षति पुर्‍याएको उनले बताए । क्षतिको विवरण भने आइसकेको छैन ।भोटेकोशीको भेलबाढी बिहान ०३ः५५ बजे नुवाकोटस्थित विदुर नगरपालिका आइपुगेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले पनि त्रिशूलीको बहाब बढेका कारण तटीय क्षेत्रमा प्रहरी युनिटहरूलाई अलर्टमा राखिएको जानकारी दिए ।

    बुधवार, श्रावण १५ २०८२०७:४९:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार