काठमाडौँ, स्पेन प्रकरणबारे छानबिन गरिरहेको समितिले महाराजगन्जस्थित एक ट्राभल्स एजेन्सीमा छापा मारेको छ ।
सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले भिजिट अबरोड टुर्स एण्ड ट्राभल्समा छापा मारेको हो । स्पेनको सेभिल्लामा असार १६ देखि १९ सम्म आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन सो ट्राभल्सले फर्जी कागजात बनाएर मानिसहरू पठाएको आशंकामा छापा मारिएको छानबिन समितिका एक जना सदस्यले जानकारि दिए ।
प्रधानमन्त्री सहभागी भएको ‘इन्टरनेशनल कन्फेरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स एफएफडी–४’ मा सहभागी गराउन सो ट्राभल्सले फर्जी डकुमेन्ट तयार गरेर पठाएको सूचना प्रहरीले पाएको थियो । प्रधानमन्त्री ओली १४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए । स्पेनको सेभिल्लामा आयोजित कार्यक्रममा प्रधानमन्त्री गएको दिन र भोलिपल्ट पनि अनधिकृत व्यक्तिहरू त्यहाँ गएर नफर्केको छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।