काठमाडौँ, भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।
यी सडकमा एकतर्फी सञ्चालन
काठमाडौँ–नुवाकोट सडक खण्ड टोखा नगरपालिका–२ मा एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको बानपा–१० दब्ल्याङ र नवलपरासी (पूर्व)को गैँडाकोट–३ तरङखोलामा एकतर्फी सञ्चालनमा छ । बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ–४ घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी छ ।
सहिद राजमार्ग अन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र धामाचौरमा पहिरो खस्दा सडक एकतर्फी बनेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।