बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रहरीले अब पक्राउ परेका आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने

प्रहरीले अब पक्राउ परेका आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने

मेगा खबर संवाददाता

९, श्रावण २०८२
  • 592
    SHARES

  • प्रहरीले अब पक्राउ परेका आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने

    काठमाडौँ,  प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधको आरोपमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । 

    पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरेको हो । 

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता,प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार महान्यायाधिवक्ताको कार्यालयले तस्बिर,भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यस्तो निर्णय गरिएको हो । मातहतका सबै युनिटमा यो परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले बताए ।

     

    बिहिवार, श्रावण ९ २०८२११:४६:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार