बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तातोपानी भन्सारबाट पहिलो पटक हेलिकप्टर आयात

तातोपानी भन्सारबाट पहिलो पटक हेलिकप्टर आयात

मेगा खबर संवाददाता

१९, आषाढ २०८२
  • 1.1K
    SHARES

  • तातोपानी भन्सारबाट पहिलो पटक हेलिकप्टर आयात

    काठमाडौँ, तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गर्न लागिएको छ ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले हेलिकप्टर जाँचपासका लागि आइपुगेको आज जानकारी दिए । हेलिकप्टर आइपुगेको छ । तर,अहिले हामीले भन्सार जाँच पास गरिसकेका छैनौँ । आवश्यक सबै प्रक्रिया पूरा हुन समय लागेको छ । प्रक्रिया पूरा भएसँगै हामी पास गर्छौँ’उनले भनेका हुन् । तातोपानी भन्सार व्यवस्थापनको ठेक्का लिएको सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापा माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेर उक्त हेलिकप्टर ल्याएको बताए । 

    ‘नेपालमा पहिलो चोटि सतह मार्गबाट हेलिकप्टर आयात गरेका हौँ । हामीले यो आज भन्सार जाँचपास गर्दै छौँ,आयतकर्ता कम्पनी  माउन्टेन हेलिकप्टर्सका रामचन्द्र भुसालले भने,सम्भवतः नेपालमा पहिलो पटक सतह मार्गबाट हेलिकप्टर आयात भएको हो । यसको लागि र तिर्ने भन्सारबारे छिट्टै जानकारी गराउँछौँ,’उनले भने,भुसालका अनुसार यो एयर बस कम्पनीको हो । यो पर्यटन प्रयोजनकै लागि ल्याइएको हेलिकप्टर हो । चीनमा एयर बस कम्पनीको प्लान्ट तियाजिन सहरमा रहेको छ । 

    बिहिवार, आषाढ १९ २०८२११:३३:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार