बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या, ५ जना पक्राउ

सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या, ५ जना पक्राउ

मेगा खबर संवाददाता

१३, आषाढ २०८२
  • 3.0K
    SHARES

  • सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या, ५ जना पक्राउ

    काठमाडौं,  ११ वर्षीया बालिकाको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ मा सामूहिक बलात्कारपछि हत्या भएको छ ।

    निशा तामाङ असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् । हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा  भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ,२२ वर्षीय वाङनिमा तामाङ,३२ वर्षीय नामग्याल शेर्पा,२० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् ।

    यसै गाउँपालिकाको जंगलमा ११ वर्षीया निशा तामाङ बालिकाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको बताए । समूहिक बलात्कारपछि उनको हत्या भएको पाइयो । त्यसमा संलग्न पाँच जना पक्राउ परेका छन्,’उनले जानकारि दिए ।

    उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिएको छ ।

     

    शुक्रवार, आषाढ १३ २०८२१२:३८:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार