काठमाडौं, गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाडौं,पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिने बताएका छन् ।
आवश्यकता अनुसार हेलिकोप्टर एसोसियसनसित पनि हेलिकोप्टर तयारी अवस्थामा राख्ने विषयमा समन्वय भएको छ,'गृहमन्त्री लेखकले भने,'सिमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ । उनले प्रदेश सरकार,स्थानीय तह,विभिन्न सरोकारवाला निकाय,गैरसरकारी संस्था,यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्नेमा जोड दिए । 'हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं,'लेखकले भने,'जुनसुकैबेला जेसुकै हुनसक्छ । बाढी,पहिरो,डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भयो,उनले भने,देशभरका दुवै प्रहरी संगठनका प्रमुखहलाई तयार रहन निर्देशन दिइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।