काठमाडौं । काठमाडौं, धादिङ र धनुषामा थप तीनजना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या योसँगै २४९ पुगेको छ ।
काठमाडौं दहचोक निवासी ७ वर्षिय बालकमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंमा फेरी अर्को नयाँ केस थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार जनकपुर धनुषा निवासी १७ वर्षिय महिलामा पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै धादिङका ३० वर्षिय महिलामा कोरोना पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।