काठमाडौँ, इजाजत प्राप्त संस्था (मेनपावर) नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ ।
वैदेशिक रोजगार विभागले मेनपावरहरूको नवीकरणका लागि संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड अनिवार्य गरेको हो । गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेब साइटमा अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान गरेको हो ।
विभागले सोमबार एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन,२०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन,२०६४ एवम् प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने संस्थाहरूलाई गुगल लोकेसन अनिवार्य गरेको हो ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।