काठमाडौँ, अमेरिका पुगेका थप ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको छ ।
आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले जानकारि दिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् ।
यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।