काठमाडौँ, असार लागेपछि मात्र तयार हुने नेपाली आँप भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ ।
सिजन सुरु नहुँदै पाकेको आँप बजारमा बिक्री हुन थालेको छ । कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । सिजनमा प्राकृतिक रूपमा पाकेको फलफूल मात्र खान स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।
कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने,बान्ता हुने,पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो,मुटु,मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ । यस्तो आँप स्वादिलो नहुने र पोषक तत्त्व पनि नपाइने जानकारहरू बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।