काठमाडौँ, यातायात व्यवसायीहरूले गरेको सार्वजनिक यातायात बन्दको दोस्रो दिन आज काठमाडौँमा फाट्टफुट्ट भाडाका गाडी चलेका छन् ।
हिजो राति नै सहमति भएको भनिएपनि कार्यान्वयनमा नगएकाले यातायात व्यवसायीले बन्द फिर्ता गरेका छैनन् । राजधानीमा हिजो भाडाका सवारीसाधन ठप्प प्रायः रहेकामा मंगलबार भने फाट्टफुट्ट चलेका हुन् ।
यातायात व्यवसायीले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न माग गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।