बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु

भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु

  • 742
    SHARES

  • भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु

    काठमाडौं, भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६,गुजरातमा १७,बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन् ।

    सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन् । उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो ।

    यसबाहेक महाराष्ट्र,राजस्थान,पश्चिम बंगाल,कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ । कुल मृतक संख्या १२ पुगेको छ ।

    बुधवार, जेठ १५ २०८२१०:३८:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार