बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भिजिट भिसामा बदमासी प्रकरण : अध्यागमन कार्यालयका थप ६ कर्मचारी तानिए

भिजिट भिसामा बदमासी प्रकरण : अध्यागमन कार्यालयका थप ६ कर्मचारी तानिए

  • 739
    SHARES

  • भिजिट भिसामा बदमासी प्रकरण : अध्यागमन कार्यालयका थप ६ कर्मचारी तानिए

    काठमाडौँ,  गृह मन्त्रालयले भिजिट भिसामा बदमासी गरेको प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप ६ कर्मचारीलाई तानेको छ । 

    यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित ९ कर्मचारीलाई तानेको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले थप ६ कर्मचारीलाई तानेको छ । उनीहरूलाई बिहीबार तानिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ उनीहरूलाई दिइएको पत्रमा मिति भने मंगलबारको राखिएको छ ।

    त्यहाँबाट तानिएका युवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । दत्त लामालाई जिल्ला प्रशासन कार्यालय जाजरकोट,गोविन्दप्रसाद अधिकारीलाई जिल्ला प्रशासन कार्यालय गोरखा र तेजराज गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङ पठाइएको छ । तानिएका मध्य चार जना त्यस कार्यालयमा काजमा गएका थिए ।

     

     

    शुक्रवार, जेठ १० २०८२०४:१३:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार