काठमाडौँ, काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।
एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारि दिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा धादिङ घर भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ,नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् । ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।