बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुई लगाउनासाथ ३५ वर्षीय युवकको मृत्यु

सुई लगाउनासाथ ३५ वर्षीय युवकको मृत्यु

मेगा खबर संवाददाता

१६, बैशाख २०८२
  • 613
    SHARES

  • सुई लगाउनासाथ ३५ वर्षीय युवकको मृत्यु

    कैलालीमा उपचारका क्रममा सुई लगाउनासाथ एक युवकको मृत्यु भएको छ । घोडाघोडी नगरपािलका–८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको मृत्यु भएको हो । 

    इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारकाे क्रममा शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले बताए । शाही सोमबार बिहान शरीर र छाती दुखेको भन्दै घरबाट आफैँ मोटरसाइकल चलाएर मेडिकलमा गएका थिए ।

    त्यहाँ जाँच पश्चात् ल्याब असिस्टेन्ट टीकापुर नगरपालिका–५ का महावीर चौधरीले सुई लगाइ दिएका थिए । सुई लगाएको केहीबेरमै शाहीले मेडिकलमै प्राण त्यागेका हुन् ।

    मंगलवार, बैशाख १६ २०८२१२:२८:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार