काठमाडौं, नयाँ बानेश्वर-बबरमहल-माइतीघर क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको बैठकबाटै निर्णय गरेर आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ ।त्यसलाई पनि मध्यनजर गरेर प्रहरीले बबरमहल क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको हो । आइतबार ९ बजेभन्दा अगाडिदेखि नै सो क्षेत्रमा सवारीसाधन गुड्न दिइएको छैन । चैत २० गतेदेखि शिक्षकहरू सोही क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । शिक्षकहरूले मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सो क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् ।
शिक्षकहरूको प्रदर्शनका लागि पनि बिहान १० बजे पछि प्रहरीले माइतीघर-बानेश्वर सडकमा सवारी साधन आवागमनमा रोक लगाउँदै आएको छ । काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् । राप्रपाले प्रदर्शन अनुमति नलिएको हुनाले प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।