बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दुर्गा प्रसाईं औपचारिक रूपमा पक्राउ,काठमाडौँ ल्याउनुअघि जिप्रका झापा लगियो

दुर्गा प्रसाईं औपचारिक रूपमा पक्राउ,काठमाडौँ ल्याउनुअघि जिप्रका झापा लगियो

मेगा खबर संवाददाता

२८, चैत्र २०८१
  • 682
    SHARES

  • दुर्गा प्रसाईं औपचारिक रूपमा पक्राउ,काठमाडौँ ल्याउनुअघि जिप्रका झापा लगियो

    काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।

    राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापामा लगिएको छ । 

    उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए । उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको बताए ।

    प्रसाईंले बिहीबार भारतमा आत्मसपर्मण गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रसाईंमाथि तीनकुनेमा राजवादीले चैत १५ मा गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ । 

    शुक्रवार, चैत्र २८ २०८१११:१५:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार