फाईल तस्बिर
कादुना । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा पनि आठ जना सर्वसाधारण गाउँलेको हत्या गरेका यहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ । उनीहरुले यहाँको पश्चिमी एक राज्यको कादुना भन्ने स्थानमा ती गाउँलेको हत्या गरेका हुन् । त्यस गाउँमा ठूलो संख्यामा आएका बन्दुकधारीहरुले गाउँलेको हत्या गरेका समाचारमा जनाइएको छ ।
ती अज्ञात बन्दुकधारीहरुले बिहीबार सो गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेर अरु कैयौँलाई नराम्ररी घाइते बनाएका पनि सो समाचारमा जनाइएको छ । यसैबीच गएको शुक्रबार पनि सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको थियो । त्यस हिंसामा ती आक्रमणकारीहरुले १२ जनाको हत्या गरेका थिए ।
गिवा गाउँको कदाई भन्ने स्थानमा बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए । गत हप्ता पनि सोही गाउँमा नै उनीहरुले हमला गरेका थिए । हतियारधारी आएर बन्दुकले हमला गरेका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् ।
ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।