बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँको माकलबारीमा लेनदेन विवादमा युवकको हत्या, ६ जना पक्राउ

काठमाडौँको माकलबारीमा लेनदेन विवादमा युवकको हत्या, ६ जना पक्राउ

मेगा खबर संवाददाता

१७, चैत्र २०८१
  • 940
    SHARES

  • काठमाडौँको माकलबारीमा लेनदेन विवादमा युवकको हत्या, ६ जना पक्राउ

    काठमाडौं, काठमाडौंमा एक युवकको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    राहुल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५,बाहुनधारामा बस्दै आएका थिए । चैत ११ गतेदेखि उनी बेपत्ता थिए । प्रहरीले खोज्ने क्रममा चैत १५ मा गोकर्णेश्वर–८,माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो ।

    हत्या आरोपमा पक्राउ पर्नेमा पाँचजना सर्लाहीको चक्रघट्टा गाउँपालिकाका बासिन्दा छन् । एकजना भारतीय नागरिक छन् । १ लाख १० हजार रुपैयाँ लेनदेन विवादमा उनको हत्या भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । साहले ग्यारेज सञ्चालक मण्डलसँग रकम लिनुपर्ने थियो । रकम लिन उनी वर्कसपमा पुग्छन् । मण्डलले पैसा दिन आनाकानी गरेपछि ‘पैसा नलिई जान्न’ भन्दै साह घण्टौँ वर्कसपमा बसेपछि उनीहरूको बिचमा विवाद भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । 

    सोमवार, चैत्र १७ २०८१११:५२:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार