काठमाडौं । नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुष हुन् ।
उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको अधिकारीले बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।