काठमाडौंको तीनकुनेमा शुक्रबार हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका ‘कमाण्डर’ मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले गएराति नै पक्राउ गरे पनि प्रदर्शनका 'कमाण्डर' प्रसाईं भने फरार छन् । शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए । प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको प्रहरी अधिकृतहरु बताउँछन् ।
उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय,जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको थाहा भएको छ । ती अधिकृत भन्छन्,ललितपुरमा लुकेको आशंका छ,हामी खोजिरहेका छौँ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।