काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा १४ ठाउँमा आगजनी भएको छ ।
शुक्रबार दिउँसो काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको क्षति विवरण अनुसार प्रदर्शनकारीहरूले ९ वटा सरकारी सवारी साधन,६ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको हो ।
तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल,सञ्चारगृह,राजनीतिक दलका कार्यालय,व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।
राजावादीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले चलाएको गोली लागेर कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो ।उनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार राजावादीहरूको प्रदर्शनमा ११० जना सुरक्षाकर्मी घाइते भएका छन् । घटनामा प्रहरीका ५३ जना,सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको परिसरले जनाएको छ।