स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक गल्तीका कारण संक्रमितको संख्या दोहोरिएको बताउँदै गल्ती सच्चाएको छ ।
आजै बिहान थप पाँचजनालाई कोरोना देखिएको भन्दै कोरोना लाग्नेको संख्या २५० पुगेको जानकारी गराएको मन्त्रालयले गल्ती सच्याउँदै अहिलेसम्म नेपालमा २४५ जनालाई मात्रै कोरोना देखिएको जनाएको हो ।
मन्त्रालयले कोरोना सन्दर्भमा झुक्कियो स्वास्थ्य मन्त्रालय, पुरानो विज्ञप्तिकै मानिस फेरि दोहोर्याएर संख्या थपियो’शिर्षकमा समाचार लेखेको केही बेरपछि मन्त्रालयले आफ्नो गल्ती सच्चाएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४५ नै कायम भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।