बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था

२५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था

मेगा खबर संवाददाता

५, चैत्र २०८१
  • 1.5K
    SHARES

  • २५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था

    काठमाडौं, चैत ६ गते, काठमाडौँ हुदैँ रसुवा जान लागेको ट्रकले करोडौँ नेपाली रुपैयाँ बराबरको युरो र डलर बोकेको सुराक पाएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी टोखा क्षेत्रमा खटिएका थिए ।

    मंगलबार डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले झोर महांकालबाट ना.७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो । ड्राइभर सिट ‘वोनट’ भन्दा माथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारि दिए ।

    त्यसरी २५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन,२०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । ऐनमा भनिएको छ,पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बिस प्रतिशत त्यस्तो सुरका दिने व्यक्तिलाई इनाम दिइनेछ । सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । त्यसमा कानुन अनुसार कर लाग्ने राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले जानकारि दिए ।

    Surak @25 Karod 12.6 (2081)

     

     

    बुधवार, चैत्र ५ २०८१०५:११:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार