बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

मेगा खबर संवाददाता

२२, फाल्गुण २०८१
  • 787
    SHARES

  • कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ, सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीनदिने स्पष्टीकरणे सोध्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

    ऊर्जा मन्त्रालयले यसअघि पनि उनलाई स्पष्टीकरण सोधेको थियो । जवाफमा उनले उचित प्रतिवादको मौका आफूले नपाएको बताएका थिए । मेरो पूर्व स्पष्टीकरण के कति कारणले चित्तबुझ्दो भएन ? स्पष्टिकरणमा आधार र कारण खुलेको छैन । आधार र कारणको अभावमा थप पुष्ट्याईं पेश गर्ने अवस्था भएन । आधार र कारणको अभावमा उचित प्रतिवादको मौका रहेन,उनले जवाफमा भनेका थिए ।

    यसैबीच कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको थियो । आर्थिक वर्ष २०८००८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका थिए । घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए । सम्झौता अनुसार ढिला विवरण बुझाएको भन्दै उनलाई शून्य नम्बर दिएको मन्त्रालयले बताएको छ ।

    बिहिवार, फाल्गुण २२ २०८१०७:३५:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार