काठमाडौँ, बानेश्वरबाट प्रहरी र प्रदर्शनकारीबीच झडपमा १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेका छन् ।
आज बिहान ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए ।
डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।