काठमाडौँ, फागुन १६ गते, शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान २:५१ बजे भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले सामान्य क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।
उनको व्यक्तिगत परिचय भने आफुकहाँ आइनसकेको प्रमुख जिल्ल अधिकारी थापाले बताए । उनले शक्तिशाली भूकम्पको धक्का महसुस गरिएपनि थप भौतिक वा मानवीय क्षतिको विवरण आइनसकेको बताएका छन् । भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।