सुरेशकुमार पाण्डे
"सर्मिला यहाँ आउ त !"- दिनेशले आफ्नो श्रीमतिलाई बोलायो। उसले भान्सा घरमा खाना पस्किंदै थिई ।
" हजुर किन बोलाउँनु भाको ?"- सर्मिला दिनेशको नजिक आएर सोधी ।
" तिमिलाई कति पटक् भने तर तिम्रो दिमाखमा घुस्न सकिन । त्यसैपनि आँमालाई केहि महिना देखि खासै सञ्चो छैन तर पनि बाबुलाई आँमाले नै बोकेको देख्छु। तिमि कीन बोक्न सक्दैनौँ आफ्नो बाबु भन त ? "- दिनेशले प्रश्न गर्यो।
" हजुरले पनि नी ! के आँमा हजुरको मात्रै हुनुहुन्छ र? मेरो केही हुँनुहुँदैन उहाँ?"- सर्मिलाले निरासहुँदै भनि ।
" मैले आँमाको उपचारगर्न सहज होला भनेर गाउँबाट सहरमा ल्याएको हु।तर तिमिले त झन् आया झैं पो गराउँन थालेकी छौँ।" दिनेशले सर्मिलालाई हकार्न थाल्यो ।
" दिनेश किन बुहारीलाई हकार्दै छस्अ,रू काम छैन? के तेरो बाबुलाई मैले उचाल्नु हुँदैन र ? मलाई उसले बोक्न लगाएकी होइन । म आफैले मायाँ लागेर बोकेकी हु ।"- बेलीले बिचमा पुगेर आफुलाई लागेको भनिन् ।
उनि केही दिन देखि यहाँ आएर उपचार गराउँदै थिइन् । तर अस्पत्तालबाट आएपछि दिनेशमा खासै परिवर्तन् भएको देखिन्थ्यो ।
" त्यो त ठिक हो आँमा तर ।।!"- दिनेश बोल्दाबोल्दै रोकियो ।
" के तर ?"- बेलीले सटिकमा सोधिन ।
" आँमा हजुरलाई त थाहा छ हजुर बिमार हुनुहुन्छ !"- दिनेशले भन्यो । "केही पनि फरक छैन औसधीले आराम भएकै छ । बेलीले भनिन् ।
" तर बाबुलाई हजुरको रोग सल्किन पनि त सक्छ।"-दिनेशले प्याच भन्यो ।
" छोरा मलाई बिमारको त अहसास् नै थिएन।बल्ल रोगलागेको अहसास् भयो ।" बेलिले बाबु दिनेशलाई थमाउँदै भनिन् ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।