काठमाडौँ, शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राखेर नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ।
शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले बन्द गराएको हो । कतिपय सडकमा सवारी डाइभर्सन गरिएको छ । नेपाल प्रहरीका अनुसार बुधबारका लागि चाबहिलबाट गौशाला हुँदै पुरानो बानेश्वरतर्फ जाने मूल सडक बन्द गरिएको छ । त्यस्तै रातोपुल–तिलगंगा खण्ड पनि बन्द गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ । दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्नेछ त्यसका लागी करिडोर सडक र भित्री सडकहरूमा बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।
सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।