बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

मेगा खबर संवाददाता

२९, आश्विन २०७७
  • 2.9K
    SHARES

  • किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

    बिश्केक । किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजिनामा दिन लागेको अनुमान गरीएको हो । 

    राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “म सत्तामा रहिरहन चाहन्न । किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन । त्यही कारण म राजिनामा दिँदैछु ।”

    राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गरेका छन् । किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ । सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केक लगायतका प्रमुख शहरमा परिचालन गरेको छ । 

    प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । पूर्व सोभियत संघबाट अलग्गिएर स्वतन्त्रता प्राप्त गरेको किर्गिजस्तान मध्य एसियाकै निकै गरिब मुलुकमा गनिन्छ । एजेन्सी

    बिहिवार, आश्विन २९ २०७७०३:४०:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार