काठमाडौँ, ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायीबिच छलफल भएको थियो ।
सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सहमति भएको हो । त्यसका लागि १५ दिनका लागि आन्दोलन स्थगित हुने सहमति भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा मन्त्री,नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू,निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग सङ्घका पदाधिकारीहरूबिच सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।