बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महाकुम्भबाट फर्कदाँ दुर्घटनामा परेका नेपालीको शव आज नेपाल ल्याइने तयारी

महाकुम्भबाट फर्कदाँ दुर्घटनामा परेका नेपालीको शव आज नेपाल ल्याइने तयारी

  • 598
    SHARES

  • महाकुम्भबाट फर्कदाँ दुर्घटनामा परेका नेपालीको शव आज नेपाल ल्याइने तयारी

    काठमाडौं, भारतको मधुवनीमा हिजो दिउँसो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने महोत्तरी,धनुषा र सिराहाका पाँचजना नेपालीको शव आज नेपाल ल्याउने तयारी भएको छ । 

    उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी भातरको मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन् । 

    ‘घाइते चारैजनाको अवस्था गम्भीर छ भन्ने खबर हामीलाई आएको छ,डीएसपी जैसवालले भने,घाइते सबैको स्थानीय अस्पतालमै उपचार भइरहेको छ । घटनास्थल महोत्तरीको सीमा क्षेत्रबाट झण्डै एकसय किलोमिटर टाढा पर्छ।’ मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा,उनकी पत्नी ५० वर्षीया इन्दु देवी,महोत्तरीकै मनरासिश्वा नगरपालिका (२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन् । मृतक जिप चालक सिराहाका भएको प्रहरीले जनाएको छ । ‘तर, अझैसम्म उनको परिचय खुलेको छैन। हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ,डीएसपी जैसवालले भने,सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा,बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी आठ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

     

    आइतवार, माघ २० २०८१११:३२:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार