काठमाडौँ, चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन् ।
असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए । उनी चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार यो घटना गत पुस १५ गतेको हो । भरतपुर महानगरपालिका–११ खोले गुम्बानजिकै बाइपास रोडमा यो घटना भएको मिश्रले जानकारि दिए ।
यतिबेला सामाजिक सञ्जालमा दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ? भन्दै निर्घात कुटपिट गरेको भिडियो भाइरल छ । भिडियो भाइरल भएपछि प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।