बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यसरी हुन सक्छन् अलाइन ठगी, जोगिन सिआइबीको अनुरोध

यसरी हुन सक्छन् अलाइन ठगी, जोगिन सिआइबीको अनुरोध

  • 706
    SHARES

  • यसरी  हुन सक्छन् अलाइन ठगी, जोगिन सिआइबीको अनुरोध

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनलाइन ठगीबाट जोगिन अनुरोध गरेको छ । 

    सिआइबी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् । सिआइबीले ‍ठगी कसरी हुन सक्छन् भन्नेबारे जानकारी पनि गराएको छ ।

    १, इ-सेवा, खल्ती जस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरूको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने ।

    २, इ-सेवा, खल्ती लगायत पटक-पटक गलत पासवर्ड राखेर वालेट केही समयका लागि बन्द हुने बनाइदिने र त्यही बेला वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको वालेमा समस्या आएको छ, म सेवा प्रदायक कम्पनीबाट बोलेको भनेर ओ.टि.पी. माग गर्ने र क्षणभरमै वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेट वा बैंक खातामा ट्रान्सफर गर्ने ।

    ३,सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र एआईद्वारा सिर्जना गरिएका आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईंलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्ने बित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुऱ्याइ पैसा लैजाने ।

    ४, अनलाइन व्यापारका नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो र भिडिओ अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्युआर र बैंक खातामा रकम माग गर्ने र रकम पाएपछि सामान डेलिभरी नगरी सम्पर्क बिहीन भई ठगी गर्ने ।

    शनिवार, पौष २० २०८१०६:०२:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार