बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :
विचार

कहिले घट्छ खै ! बलात्कारका घटना ?

कहिले घट्छ खै ! बलात्कारका घटना ?

मेगा खबर संवाददाता

२७, आश्विन २०७७
  • 5.1K
    SHARES

  • कहिले घट्छ खै ! बलात्कारका घटना ?

    स्वस्तिका नेपाल

    समाजमा महिलालाई घर तथा समाजको इज्जतको रुपमा हेरिन्छ, अझै भनौं महिलाको यौनिकतालाई इज्जतसँग तुलना गरिन्छ, जब एक महिला बलात्कृत हुन्छे तब उसले आफ्नो परिवारलाई भन्न सक्छे न त अरु कसैलाई यसकारण भन्न सक्दिन कि परिवारले के भन्छ ? समाजले के भन्छ ? परिवारको इज्जत जान्छ ? भनेर यसकारण बलात्कृत महिलाहरु आफू बलात्कृत भएको विषय जिन्दगीभर आफुसग राख्न विवश हुन्छन । 

    बलात्कारका घटना दिन–प्रतिदिन बढ्नुमा सामाजिक चेतना, सामाजिक मान्यता, जनसाङ्खिक विवरण, आर्थिक अवस्था, सुरक्षा ब्यवस्था, अपराधीक मनस्थिति, पुरुष प्रधान समाज, प्रहरी  तथा कानुनी असक्षमता, सामाजिक सञ्जालको दुरुपयोग, मोबाईल कम्प्युटर तथा इन्टरनेटको दुरुपयोग जस्ता कारणहरुले वलात्कार बढिरहेका छन् । 

    मानिसले प्राप्त गर्ने ज्ञानको स्रोत परिवार विद्यालय र समाज हो, बालबालिकालाई समाजले दिने शिक्षा, परिवारबाट पाउने शिक्षा, र विधालयका पाठ्यक्रमबाट पाउने शिक्षाले बालबालिकाले कुन बाटो अंगाल्छन भन्ने कुराको तय गर्छ । अझै पनि विद्यालय र परिवारमा यौनसम्बन्धी कुराको बारेमा खुलेर कुरा गर्ने संस्कारको विकास नहुनु, विद्यालयमा शिक्षक खुलेर पढाउन लजाउने, यौनका कुरा गर्दा नराम्रो दृष्टिले हेर्ने जस्ता मनिवृत्तिले गर्दा यौन शिक्षा प्रभावकारी हुन सकेको छैन ।

    के त्यति शिक्षित ब्यक्तिले बलात्कार नै गरेका हुन या महिलामाथि हेरिने दृष्टिकोण नै गलत ? ठुला मान्छेको धमिलिएको छवि यति बढेको छ कि, बलात्कारमा आफ्नै बाबुले छोरी बिर्सन्छन, शिक्षकले विधार्थी, दाइले बहिनी, नातागोता के हो सबै विर्सन्छन यस्ता विभिन्न बलात्कारको घटनाहरु दिनदिनै बढिरहेका छन, आफ्नै घरभित्र सुरक्षित छैनन् महिला दिदिबहिनीहरु आखिर किन ? 

    विकासका चर्चा नारासहित भाषण ठोक्दै हिड्ने महापुरुषहरुलाई पटकपटक प्रश्न गर्न मन लाग्छ–जब एउटा काम गर्दा महिला भएकै कारण उसले अपमानित हुनुपर्छ अनि पुरुषले पुरुषत्वको गर्व गर्दै हिड्छ भने विकासको परिभाषामा कसरी समेट्ने ? महिला चरित्रहिन हुने मुख्य कारक पुरुष नै हुन , जब एक वा अरु पुरुषसग उनको नाम जोडिएर कुरा चल्छ तब भन्छन चरित्रहीन, महिला चरित्रहिन हुँदा त्यो पुरुष निर्दोष मानिन्छन हाम्रो समाजमा ?

    विद्यालय तहदेखी नै यौन शिक्षामा सुधार गर्नु महत्त्वपूर्ण हुन्छ, विद्यालय तहका छात्र र छात्रालाई फरक फरक यौन शिक्षाको खाँचो हुन्छ । यौनको विषय केटा र केटिमा फरक भएपनि ज्ञानको आवश्यकता फरक फरक हुनसक्छ, त्यसैले छात्र र छात्रालाई भिन्न भिन्न ब्यवहारिक यौन शिक्षा दिन सकेमा बलात्कार नियन्त्रणमा सघाउ पुग्न सक्छ !!!

    जबसम्म बलात्कारिलाई फाँसिको सजाय दिँइदैन तबसम्म अझै घट्न गाह्रो छ, नेपालको कानुनमा कडा सजायको ब्यवस्था भएतापनी राम्रोसँग कार्यन्वयन हुन सकेको छैन, ठुला–ठुला ब्यक्तिहरुले गरेका त्यस्ता क्रियाकलापहरुलाई लुकाइन्छ, सजाय भोग्नै परे पनि विचमा राजनीति पावर बाट छुटाइन्छ, दुःख लाग्छ धेरै जस्तो यस्ता घटनाहरु सुन्दा खै आखिर कहिले अन्त्य होला बलात्कार अनि बलात्कारपछि मृत्यु, हत्या, हिंसा झन झन बढ्दै गइरहेको छ, महिला तथा बालबालिकाहरूलाई ढुक्कसँग हिड्न पनि डर छ, हामी मिडियामा आएकालाई मात्र ‘रेप’भनिरहेका छौं । तर, घरघरमै छ, आफ्नै परिवारभित्र छ बलात्कार, गाउँ गाउँमा छ बलात्कार ! कति लुकाइएको कति लुकाउनको लागि विभिन्न खाले धम्की दिने गरेको खुल्न आएको छ, बलात्कारको घटनालाई बाहिर आउन नदिनु नै बलात्कार बढ्नुको कारण हो । 

    अन्त्यमा , तपाईं हामी मुक्तदर्शक नबनौं बलात्कार विरुद्धको अभियानमा साथ दिऔं !!

    मंगलवार, आश्विन २७ २०७७०४:०४:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार