बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारको तर्फबाट सुविधा निःशुल्क उपलब्ध गराउने भनेका छौंः स्वास्थ्य मन्त्री

सरकारको तर्फबाट सुविधा निःशुल्क उपलब्ध गराउने भनेका छौंः स्वास्थ्य मन्त्री

  • 853
    SHARES

  • सरकारको तर्फबाट सुविधा निःशुल्क उपलब्ध गराउने भनेका छौंः स्वास्थ्य मन्त्री

    काठमाडौं, पुस ९ गते, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या नहुने बताएका छन् ।

    मङ्गलबार कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले नयाँ कानुनी प्रवन्ध नगरी पुरानै निर्णयहरुलाई कार्यान्वयन गर्दा आर्थिक भार हुने स्थिति नरहेको बताए । उनले विगतमा स्वास्थ्य क्षेत्रमा भएका कतिपय निर्णयहरु कार्यान्वयन नभएकाले मन्त्रालयले सम्बन्धित निकायहरुलाई घच्घच्याउने काम गरेको जानकारी दिए ।

    ‘‘स्वास्थ्य क्षेत्रमा थुप्रै समस्याहरु रहेका छन् । यसमा हामीले नयाँ कानुनी प्रबन्ध गरेर केही पनि नयाँ निर्णय अथवा घोषणा गरेको होइन । हामीले पुराना कानुनी कुराहरुलाई कार्यान्वयन गर्न खोजेको हो । यो न्यूनतम पारिश्रमिकको कुरादेखि लिएर अन्य जतिपनि हामीले नयाँ घोषणाहरु गरेका छौं,भनेका छौं यो सबै पहिले नै भएका निर्णयहरु हुन् ।’’ मन्त्री पौडेलले भने,‘‘यी सबै निर्णयहरु कार्यान्वयन भएको स्थिति छैन । यसको कार्यान्वयनका लागि हामीले ताकेता गरेको र सम्झाएको हो । यसमा हामीले कुनैपनि नयाँ निर्णयहरु गरेका होइनौं । केही विषयमा हामीले सरकारको तर्फबाट सुविधा निःशुल्क उपलब्ध गराउने भनेका छौं । त्यसमा पनि स्रोतको बोझ छैन ।’’

    मंगलवार, पौष ९ २०८१०४:५०:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार