सुरेशकुमार पाण्डे
" होमनाथ सर ! आज यतै बसे भएन र यो रातिमा नगइ नहुँने केकाम पर्यो ? बनको बाटो बाघ भालुको डरपनि हुन्छ बिहानै जानुहोला हुँदैन ? " मिठ्ठुले सुझायो ।
साँझ परिसकेको थियो। " होइन बाबु समय छ । पुगिहाल्छु भोली बिहानै घरमा काम छ । अहिले पुगेपछि त्यो काम भोलि छिट्टै सुन्दर द्धाउँनु छ "-होमनाथले घडि तिर हेर्दै भने ।
" उनले मानेनन् र त्यहाँबाट बिदालिएर हिंडे ।
उनि दनादन हिँडिरहेका थिए रानी बनमा पुगेपछि मिठ्ठुले भनेको कुरा " बनको बाटो बाघ भालुको डरपनि हुनसक्छ" सम्झे र उनि झसङ्ग भए ।
यो कुरा उन्को कानमा बजिरह्यो । अलि माथि पुगेकै थिए केही आकृती देखे उनि फेरी झसङ्ग भए । उनि अरू तेज हिंड्नथाले ।
अलि पर पुगे पछि केही आवाज पनि आयो। आवाज सुनेपछि डराए।उनले आफ्नै अगाडी केही उभिएको जस्तै माने ।
" ऊनि ठिङ्ग उभिए मोबाइलको लाइट जलाए र चैरैतिर नियाले । उन्को अगाडी केही लम्पसार सुतेको जस्तै देखे पछि उन्को स्वास फुलियो।बोल्न कराउँन सकेनन् उनि पछि फर्किए र हतारमा दौड्न थाले अलिकती तल झर्दै गर्दा फेरी मानिसलाई देखेपछि झसङ्ग मात्र भएनन् बिहोस नै भए ।
रातीको बाह्र बजे उनि होसमा आए। मिठ्ठु उन्को नजिकै बसेको थियो ।
" म यहाँ कसरी आएँ ?"- होमनाथ आश्चार्य हुँदै भने ।
" सर हजुर अचानक बिसुर हुनुभयो । कसो गाउँका माइलाले फेला पारे र हजुर बिहोस भएपछि आफुले मारेको सकार पनि चत्रक्कै छाडेर हजुरलाई यहाँ सम्म पुराएर हामिलाई फोन पनि उनैले गरे।नत्र खै केहुन्थ्यो ?"- मिठ्ठुले बिस्तारै बतायो ।
" उफ ! त्यो माइलाले मारेको खरायो पो रहिछ।आफ्नै अगाडी सुतेको झैँ देखेको ।"- होमनाथले मनमनै महेसुस् गरे ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।