बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पेटमा बोसो लागेको छ ? दिनहुँ गर्नुस् यी काम

पेटमा बोसो लागेको छ ? दिनहुँ गर्नुस् यी काम

मेगा खबर संवाददाता

२८, आश्विन २०८१
  • 988
    SHARES

  • पेटमा बोसो लागेको छ ? दिनहुँ गर्नुस् यी काम

    काठमाडौँ, अत्यधिक बोसोले उच्च रक्तचाप, मधुमेह र हृदय रोग जस्ता रोगहरूको जोखिम बढाउन सक्छ । पेटको बोसो घटाउन चाहनुहुन्छ भने तपाईँले सही दिनचर्या अपनाउनु पर्छ । यहाँ तीनवटा सजिलो कार्यहरूबारे बताइएको छ । जुन दैनिक रूपमा गर्नाले पेटको बोसो घटाउन र स्वस्थ जीवन जिउन सक्नुहुन्छ 

    पेटको बोसो घटाउने सबैभन्दा प्रभावकारी तरिका व्यायाम हो । दैनिक ३० देखि ४५ मिनेट व्यायाम गर्नाले क्यालोरी त जल्छ नै मेटाबोलिजम (पाचन प्रक्रिया)लाई पनि तीव्र पार्छ । कार्डियो एक्सरसाइज (जस्तै दौडने, साइकल चलाउने र पौडी खेल्ने) र एब्स वर्कआउटहरू (जस्तै क्रन्च र प्ल्याङ्क) आदि पेटको बोसो घटाउन विशेष गरी लाभदायक हुन्छन् । हप्ताको कम्तीमा छ दिन नियमित रूपमा यी अभ्यासहरू समावेश गर्ने प्रयास गर्नुस् ।

    पेटको बोसो घटाउन सही आहार खानु पनि धेरै महत्त्वपूर्ण छ । आफ्नो आहारमा अधिक फाइबरयुक्त र प्रोटिनयुक्त खानेकुराहरू समावेश गर्नुस्, जजसले तपाईँलाई लामो समयसम्म भोक लाग्दैन र मेटाबोलिजमलाई पनि तीव्र बनाउँछ । आफ्नो आहारमा ताजा फलफूल, तरकारी, नट र बोक्रा नफ्याँकिएको अन्न समावेश गर्नुस् । यसका साथै गुलियो र भुटेको तारेको खानेकुराबाट टाढा रहनुस् । यस्ता खानेकुराले पेटको बोसो बढाउँछ । पानी पनि प्रशस्त पिउनुस् ताकि शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सकियोस् ।

    पेटको बोसो घटाउन अक्सर मानिसहरू व्यायाम र खानपानमा ध्यान दिन्छन् तर निद्रालाई बेवास्ता गर्छन् । पर्याप्त निन्द्रा नपुग्दा शरीरमा तनाव हर्माेनको स्तर बढ्न सक्छ, जसले बोसो बढाउँछ । दैनिक ७–८ घण्टा सुत्दा शरीरलाई स्वस्थ त राख्छ नै बोसो घटाउन पनि मद्दत गर्छ ।

     

    सोमवार, आश्विन २८ २०८१०६:२४:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार