सुरेशकुमार पाण्डे
" बाबु छिटो उठ्ने नहुउँनेधुने गर,अहिले घरभरी पाहुँना आएपछि केहीपनि गर्ने फुर्षत हुँदैन ।
यो बुहारी पनि नुहाउँन अँझै आएकी छैन।"- आमाले भन्नुभयो ।
" म उठें अनि फटाफट नुहाउँन कुवामा गएं । त्यहाँ पनि नुहाउँने धुने र पानी भर्नेहरूको भिड थियो।
अलिबेर पछि बल्ल मेरो नुहाउँने पालो आयो। छिट्छिटो नुहाएर एक गाग्रो पानी पनि लिएर घर आएँ ।
" घरमा आमाले सबै तैयारी गरि सक्नु भएको थियो।पाहुँनाहरू कता-कताका चिने नचिनेका दलानभरी बस्नु भएको थियो।मैले नचिनेपनि सबैलाई ढोग गरें ।
" म पनि यता छुँ चिन्यौँ ?"- कुनामा बसेका एकजना बृद्धाले भने ।"- म दौडेर गएं र उन्लाई पनि ढोगगरें ।
आमाले सबैलाई दँशैको टिका लगाइदिनुभयो।र बडा दँशैको शुभकामना सहित आससिर्वाद दिनुभयो ।
" बाबु तँ पनि आइज टिका लगाइदिन्छु ।"-आमाले बोलाउँनु भयो ।
म आमाको नजीक गएर बसेँ तर थालीमा अछेता सक्किएको थियो। दिनु म चामल लिएर आउँछु भन्दै फूलकाँशको थालि छोप्दा भुँइमा खस्यो र प्याट फुट्यो। त्यही वेला म झसङ्ग भएं ।
अनि जुरूक्क उठेर एकछिन् बिस्तराम बसें लाइट बालें भित्ताबाट आमाको माला लगाएको तस्विरले मलाई टुलुटुलु हेरिरहनु भएको थियो ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।