काठमाडौं, मानिसहरू कुर्सीमा बसेर लामो समयसम्म काम गरिरहन्छन् । यसरी बस्नु उनीहरूको शोख होइन,बाध्यता हो । घरबाट काम गर्नु परोस् वा अफिसबाट सातदेखि आठ घण्टा कुर्सीमा बस्नैपर्छ । लामो समय कुर्सीमा बसिराख्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसो गर्नु भनेको धेरै रोगलाई निम्तो दिनु हो ।
लामो समय कुर्सीमा बस्दा हुन सक्ने समस्याहरू
१, गर्दनमा पीडा
लामो समय कुर्सीमा बसिरहँदा ढाड र घाँटीमा समस्या हुन सक्छ । लामो समयसम्म बस्दा मेरुदण्डमा दबाब पर्न सक्छ ।
२, काँध अररो हुन्छ
लामो समयसम्म कुर्सीमा एउटा पोजिशनमा बस्दा काँध अररो हुन्छ । केही समयपछि यो समस्या स्थायी बन्छ ।
३, मोटोपना
लामो समयसम्म बसिरहँदा हाम्रो शरीरमा क्यालोरी बर्न हुँदैन । जसका कारण तौल बढ्ने सम्भावना उच्च हुन्छ ।
४,तनाव
कुर्सीमा लामो समयसम्म बस्दा मानसिक तनावको समस्या निम्तन्छ । कयौँ पटक डेडलाइन र हतारका कारण काम गरिरहेको समयमा केही मिनेटको ब्रेक पनि लिन नसक्ने स्थितिमा हामी हुन्छौँ । यसले तपाईंको स्वास्थ्यमा गहिरो असर पार्छ । जति बेला पनि थाकेको महसुस भइरहन्छ ।
कसरी बच्ने?
१,विश्राम लिने
काम गरिरहेको समयमा हरेक आधारआधा घण्टामा पाँचदेखि १० मिनेटका लागि ब्रेक लिनुपर्छ । यसो गर्दा थकान कम हुन्छ भने शरीरमा रक्तसञ्चार नियमित रहन्छ ।
२, सही कुर्सीको चयन
तपाईं जागिर खान हुन्छ र बसेर गर्नु पर्ने काम गरिरहनु भएको छ भने हरेक दिन सातदेखि आठ घण्टा त कुर्सीमा बस्नैपर्ने हुन्छ । । त्यसैले आफूलाई सजिलो हुने, बसाईको पोजिशनमा सहजता हुने खालको कुर्सीको छनोट गर्नु राम्रो हुन्छ । ताकि ढाडमा समस्या नहोस् । कुर्सी धेरै अग्लो पनि हुनुहुँदैन । पाइतालाले जमिनमा टेकेको हुनु पर्छ ।
३, खानपान
बेला बेलामा पानी पिउने बहानामा भएपनि उठिरहनु होस् । यसो गर्दा मेटाबोलिजम त राम्रो हुन्छ नै शरीरले ताजापन पनि पाउँछ । ब्यागमा केही न न पोषणयुक्त खानेकुरा राखिरहनु होस् । अनि बेला बेलामा खाइरहनु होस् । यसो गर्दा पनि निरन्तर बसिरहँदा हुन सक्ने असर कम गर्न मद्दत मिल्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।