बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

उत्तरकोरियामा विशाल सैन्य शक्ति प्रदर्शनको तयारी

उत्तरकोरियामा विशाल सैन्य शक्ति प्रदर्शनको तयारी

मेगा खबर संवाददाता

२५, आश्विन २०७७
  • 1.6K
    SHARES

  • उत्तरकोरियामा विशाल सैन्य शक्ति प्रदर्शनको तयारी

    एजेन्सी । उत्तरकोरियामा कोरोना महामारीको कठिनाईका बीच सैन्य उत्सवको तयारी थालिएको छ ।

    कोरोना महामारीका अतिरिक्त गम्भीर आर्थिक प्रतिबन्धहरुको सामना गरिरहेको उत्तरकोरियाको इतिहासमै सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गर्ने तयारी थालिएको हो ।

    उक्त सैन्य परेड त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको ७५ औं वार्षिकोत्वसका अवसरमा आयोजान गरिन थालिएको हो ।

    बीबीसीका अनुसार उत्तरकोरियाका लागि पार्टीको वार्षिकोत्वसमा आयोजना हुन लागेको यो सैन्य परेड सैन्य शक्ति प्रदर्शन गर्ने ठूलो अवसर पनि हो र कम्युनिष्ट तागत प्रदर्शन गर्ने अर्को अवसर हो ।

    निकै वर्षअघि देखि अमेरिकासँग टक्कर गर्दै आएको उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा भेटवार्ता भएपनि कुनै सम्झौता भने हुन सकेको छैन । 

    आइतवार, आश्विन २५ २०७७०४:५७:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार