काठमाडौँ, असोज १३ गते, देशभर बाढी र पहिरो जाँदा ठुलो मात्रामा जनधनको क्षतिका घटना बढिरहेको छ । यस्ता अवस्थामा आपतकालिन रूपमा राहत र उद्धारका कार्यहरू हुने भएकाले स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् ।
आपतकालीन उपचारले ज्यान जोगाउन सकिने भन्दै मन्त्री पौडेलले देशभरका सबै अस्पतालका आपतकालीन कक्ष लाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि २४ सै घण्टा तयार रहन अनुरोध गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।