बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लघुकथा: तथ्यको खोज

लघुकथा: तथ्यको खोज

मेगा खबर संवाददाता

१०, आश्विन २०८१
  • 772
    SHARES

  • लघुकथा: तथ्यको खोज

    सुरेशकुमार पाण्डे 

    " बाबु तिमीहरू राम्रो राजनीति गरे यो जातिय नारा त कहिल्यै नलगाए ।
    अंग्रेजहरू हिंदुस्तान छाड्नुभन्दा पहिले हिंदु र मुश्लिम बिच लडाइ गराएर गए।त्यसैको परिणाम देश नै टुक्रियो ।"- जोशी बाले आफ्ना छोराहरूलाई सम्झाउँदै भने ।

    " बाबा हजुर हामि आफ्नो देश र सन्तानको हितमा यस्ता जातिय सम्प्रदायिक नाराहरू त टाडैको कुरा हो एकशब्द पनि बोल्दैनौँ । हाम्रो देश सदियौँ सम्म स्वतन्त्र रहिरहने छ ।
    "-पवनले आफ्नो बाबालाई आस्वाशन दियो ।
    " बाबा हजुर कता हिण्डु भयो ?"- जोशि बा बाहिर निस्किंन थालेपछि छोरा पवनले सोध्यो ।
    "तँलाई थाहाछैन आज एकछकी हो भोली श्रर्द्धा हो । हिन्दु परमपरा अनुसार आज दारी कपाल फालेर बस्नुपर्छ ।
    " दारी कपाल नकाटी नहुँने होर बाबा ?"- पवनले फेरी सोध्यो ।
    " हिन्दु रितिरिवाज अनुसार आज कपाल दारी खुइराउँने र एकछाक खाने गर्नुपर्छ ।"- जोशिले भने ।
    " हजुर बाबा - हजुर बाबा !  यो त हिन्दु रितिरिवाज भन्नु हुन्छ हजुरले आफै अनि हाम्रो नेपालीहरूको रितिरिवाज छैन र ?"- यतिवेर चुपचाप कुरा सुनेर आगनमा बसेको दश वर्षको नाती इस्वरले सोध्यो ।
    जोशी चुपचाप अलिवेर उसैलाई नियालिरहे। र आकासतिर हेरे ।
    इश्वर भने हजुर बाको अनुहार तिर हेर्दै आफ्नो उत्तरको प्रतिक्षामा थियो 
    " इतिहाशमा तथ्य खोज्नुपर्छ ।"- यत्ति भन्दै उनि अगाडी बढे ।
    दाङ घोराही १८

    बिहिवार, आश्विन १० २०८११०:४३:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार