काठमाडौँ, मानिसको एन्टीबायोटिक–रेसिस्टेन्ट इन्फेक्शनका कारण मृत्यु हुन सक्ने जनरल मेडिकल जर्नल ‘द ल्यान्सेट’ले प्रकाशित गरेको एक अध्ययनले देखाएको छ । त्यसपछिका दशकमा यसका कारण मर्नेको सङ्ख्या झनै बढ्नेछ पनि अध्ययनमा भनिएको छ ।
यो एउटा निकै ठुलो समस्या हो,अनि यो लामो समयसम्म रहनेछ,अध्ययनका वरिष्ठ लेखक तथा वासिङ्टन विश्वविद्यालयमा इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभ्यालुएशनका निर्देशक क्रिष्टोफर जे.एल.मरेले भनेका छन् । एन्टिबायोटिक प्रतिरोधी क्षमताका कारण साधारण सङ्क्रमणलाई पनि निको पार्न निकै गाह्रो हुने चेतावनी यस अध्ययनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले दिएका छन् ।
वृद्ध र वयस्कहरू एएमआर (एन्टी माइक्रोबायल रेसिस्टेन्स)का कारण हुने मृत्युबाट असमान रूपले प्रभावित हुने र उनीहरूमा सङ्क्रमणको खतरा पनि धेरै हुने अध्ययनमा भनिएको छ । एन्टी बायोटिकको अत्यधिक प्रयोगकाका कारण कुनै पनि ब्याक्टेरिया,भाइरस र परजिवीमा सो औषधिको असर नहुने अवस्था एएमआर हो ।
सन् १९९० देखि सन् २०२१ को बीचमा एएमआरका कारण बर्सेनि १० लाखभन्दा धेरै मानिसको मृत्यु भइरहेको अध्ययनका क्रममा पाइएको छ । आगामी समयमा मृत्युको दर थप बढ्न सक्ने बताइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।